पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
यति एयरलाइन्सले आज तय गरिएका सबै उडान बन्द गरेको छ । यति एयरलाइन्सले आइतबार नै विज्ञप्ति जारी गरी सोमबारका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको जनाएको हो ।
काठमाडौं । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी...
‘एटीआर ७२-२१२ ए’ प्रकारको यो जहाजले सन् २००७ अगस्ट १७ देखि भारतीय वायुसेवा कम्पनी किङफिसरले उडाएको थियो । किङफिसरले ६ वर्ष उडाएर उक्त जहाज थाइल्याण्डको कम्पनीलाई बेचेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन सोमवार सार्वजनिक बिदाको निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।...
काठमाडौंबाट पोखराका लागि उडेको एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.