पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम जारी रहेको छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप १ खर्ब २१ अर्ब रुपैयाँले घटेको छ ।
अफर अन्तर्गत हरेक हप्ता एक जना विजेताले स्मार्टफोन जित्नु सक्नेछन् । यो अफर साउन २७ गतेदेखि भदौ १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
साताको कारोबारको दोस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । सोमवार शेयर बजार मापक सूचक (नेप्से) ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ ।
वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको जनाएको हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनेतिर जोड दिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।
सत्तारुढ दल नेकपा माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका स्थानीय नेताहरूको अवरोधका कारण फोहोरका गाडी रोकिएका हुन् । अवरोधकैबीच आइतबार जम्मा २५ गाडी ल्याण्डफिल साइटमा पुगेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन्।
अभियान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ ।
समीक्षा अवधिमा कम्पनीले ९७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २३ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.