कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गर्ने सहमति भएको छ । कुरियर व्यवसायीहरुको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको हो ।

सिद्धबाबा सुरुङका दुई बाइपास सुरुङ छिचोलिए

निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । यस परियोजनामा कुल तीन वटा वाइपास निर्माण गरिँदैछ । यसमध्ये बाइपास सुरुङ ३ को २६ भदौका दिन ब्रेक थ्रु भएको थियो । शुक्रबार बाइपास सुरुङ १ को ब्रेक थ्रु गरिएको हो ।

अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सरकार र राष्ट्र बैंकको संवेदनशीलता आवश्यक-...

राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको भन्दै नेपाल उद्योग महासंघले सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

गैरआवासीय नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने

गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने भएका छन् । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको छ ।

ट्रम्पले लगाएको स्टील र आल्मुनियमको ट्यारिफले विश्व व्यापारमा के पर्छ असर...

अमेरिका र मेक्सिको स्टील व्यापारका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अल्मुनियम क्यानडाबाट अमेरिकामा बढी आयात हुन्छ । यी दुई मुलुकलाई करको भारमा पार्न ट्रम्पको पछिल्लो आदेश आएको हो ।

‘दुई देशको युद्ध आर्थिक समृद्धिसँग जोडिने भएकाले सबै सचेत हुनु आवश्यक...

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन।

नेपाल–भारत संयुक्त व्यापार मञ्चको बैठक सम्पन्न, के भयो सहमति ?

नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा लगानी र व्यापारमा दुवै देशले एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए ।

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, उपराष्ट्रपतिले उद्घाटन गर्ने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय भएको छ । आगामी २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने भएको हो ।

विद्युत आपूर्तिमा देखिएको समस्याले निजी क्षेत्र चिन्तित, नाफा-घाटा नहेरी समाधान गर्न...

उद्योगहरु बन्द हुने र बजारमा वस्तु आपूर्ति अवरुद्ध हुने परिस्थिति सिर्जना हुँदा त्यसले नेपाल सरकारले लिएको राजस्वको लक्ष्यमा समेत गम्भीर असर पर्नेतर्फ पनि निजी क्षेत्रले सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ।

पुँजीगत खर्च बढाएर तरलता व्यवस्थापन नगरी ब्याजदर बढाउनु अनुचित

बैंकहरुको आधारदर घटाउनका लागि पहल गर्न पटकपटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।