उद्योग संगठन मोरङले निजी क्षेत्रका कामदार तथा कर्मचारीलाई अर्थतन्त्रको फ्रन्ट लाइनरका रुपमा लिई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन अपिल गरेको छ ।
नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ ।
कोरोना संक्रमणबाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउने चेम्बरले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को महामारीबाट सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्ने उद्देश्यले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।
सरकारले गरेको मजदुरको न्युनतम पारिश्रमिक वृद्धिको निजी क्षेत्रले बिरोध गरेको छ ।
काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा संक्रमण बढ्न नदिन जारी गरिएको निषेधाज्ञामा कर तिर्ने समय थप गर्न आग्रह गरेको हो ।
मापदण्ड अनुसार चालक, कामदारले प्रमुख जिल्ला अधिकारी र आवद्ध भएको संस्थाको प्रमुख पठाएको पत्रको एक-एक प्रति आफ्नो परिचयपत्रसहित र प्रयोग गरेको सवारीसाधनमा अगाडि देख्नेगरी ढुवानी सेवा भनिएको ब्यानर राख्नुपर्नेछ ।
महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसंग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसंग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५५ औं वार्षिक साधारण सभा सनिबार काठमाडौंमा शुरु हुंदैछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.