भारत १० वर्षपछि विश्वकपको फाइनलमा, उपाधिको लागि दक्षिण अफ्रिकासँग भिड्ने

साविक विजेता समेत रहेको इङ्ल्यान्डलाई फराकिलो अन्तरले हराउँदै भारत तेस्रो पटक टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ब्याटिङ् चल्न नसकेपछि १६ दशलमव ४ ओभरमा १३ रनमा समेटियो ।

वुमन एसिया कपमा नेपालको विजयी सुरुवात

युएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो ।

दोलखा भीमेश्वर मन्दिरको शिलामा पसिना आयो

दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आउन थालेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार भीमेश्वरको शिलामा दिउँसो १ ः ४० देखि ‘पसिना’ आउन थालेको हो । शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको स्थानीयले जनाएका छन् ।

पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता

पेरिस ओलम्पिकमा जापानले पदक तालिकामा अग्रता लिएको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार जापानले ४ स्वर्ण, २ रजत र १ काष्य पदक जितेको छ । उसको कुल ७ पदक भएको छ । समान स्वर्ण जितेको अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान

नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दुरी पार गरे ।

दशरथ रंगशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोको अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको छ ।

ओलम्पियाड खेल्ने चेस टोलीले किन पाएन हङ्गेरीको भिसा ?

नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो ।

पलेशालाई पोखरा महानगरको सम्मान, २ लाख रुपैयाँ नगद प्रदान

पोखराका मेयर धनराज आचार्यले आइतबार २ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरे ।

आजबाट सरकारी कार्यालय खुल्दै

दशैंमा बन्द भएका सरकारी कार्यालय आजबाट खुल्दैछन् । सरकारी कार्यालयमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको हो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा खुल्ने छन् । आज दशैंको त्रयोदशी हो ।

आज कृष्णजन्माष्टमी, देशभरका कृष्णमन्दिरमा घुँइचो

यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।