टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो
नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा ओमानलाई ३७ रनले पराजित गरेको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।
अमेरिकासँग नेपाल पराजित
आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो ।
सरकार प्रति असन्तुष्ट खेलाडी
बुधबार खेलाडी प्रीति राईले अहिलेसम्मको आफूहरुको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि जनाएकि छिन् ।
हङकङ सिक्सेसमा नेपालले रच्यो इतिहास, इङ्ल्याण्ड माथि सनसनीपूर्ण जित
नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो ।
स्टार स्पोर्ट्स च्यानलबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण गरिने
एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
दशैंको साइत सार्वजनिक, टीकाको उत्तम समय बिहान ११ बजेर ५१ मिनेटमा
दशैंको साइत सार्वजनिक, टीकाको उत्तम समय बिहान ११ बजेर ५१ मिनेटमा
डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो, १० वटा जिल्ला उच्च जोखिममा
हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ। यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१ जनामा डेंगु देखा परेको छ ।
आज कृष्णजन्माष्टमी, देशभरका कृष्णमन्दिरमा घुँइचो
यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।
घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।
काठमाडौँबाट दसैंमा घर जान मोबाइलबाटै काट्न सकिन्छ ४३३ गन्तव्यको टिकट
यसैबीच, अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भने प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न अनुरोध गरेको छ ।