आज लिग २ मा नेपालले क्यानडासँग खेल्दै

नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

टी-२० वरीयता: दीपेन्द्र सिंह ऐरी बने विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, जिम्बाब्वेका सिकन्दर राजा चौंथोमा रहेका छन् । दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ । अलराउन्ड तर्फ नै गुलशन झाको ११ स्थान सुधार हुँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६०औं स्थानमा छन् ।

साफ महिला फूटबल : नेपाल र माल्दिभ्स भिड्दै

घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एल–क्लासिको : रियल आफ्नै घरमा बार्सिलोनासँग ४–० ले पराजित

जारी सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४–० को सानदार जित निकालेको छ । घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो ।

काठमाडौं महानगरले ११ हजार विद्यार्थीबाट खेलाडी छान्ने

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ ।

लक्ष्मीपूजा: धनकी देवी लक्ष्मीलाई यसरी पार्नुहोस् खुसी

लक्ष्मीमातालाई खुसी बनाउन लक्ष्मी पूजाको दिन यस्ता चीज चढाउनाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

सुरु भयो बडा दशैं, आज घटस्थापना

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

१०० औं अन्तर्राष्ट्रिय खेल खेल्दै किरण

काठमाडौं। नेपाली फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूका लागि आज १०० औं खेल हुनेछ । योसँगै उनी नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने...

पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे ।

आज बडा दशैंको टिका, ११ बजेर ३६ मिनेटमा उत्तम साइत

मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ ।