एएफसी यु-१७ छनोट : नेपालको लगातार दोस्रो हार

एएफसी यु–१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो ।

विश्वकप क्रिकेट लिग २ : आज नेपाल र अमेरिका भिड्दै

लगातारको हारले दवावमा रहेका नेपाल र अमेरिका जित्नै पर्ने महत्वपूर्ण सिरिज खेलिरहेका छन् । अमेरिकाविरुद्ध आइतबार डालासमा उत्रिँदा नेपाल विश्वकप क्रिकेट लिग २ मा थप दवावमा हुनेछ । यी दुई टोलीको खेल आज नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुँदैछ ।

यू १९ महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालद्धारा कुवेत १०८...

नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।

स्टार क्रिकेटर शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने

विश्व क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल)मा आवद्ध भएका छन् । उनलाई कर्णाली याक्सले अनुवन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका स्टार क्रिकेटर धवनलाई अनुबन्ध गरेको हो ।

नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग

प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता र विधिलाई ख्याल गर्दै खेल क्षेत्रका निकाय र संस्थाले आफूूलाई पारदर्शी बनाउनुुपर्नेमा जोड दिएका थिए ।

आज कहाँ कस्तो रहनेछ मौसम ?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय, सीटी स्क्यानको मूल्य घट्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा शर्मा

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत डा. शर्मालाई सो जिम्मेवारी प्रदान गरेका हुन् ।

हरिशयनी एकादशी आज, के छ महत्व

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आईसीसी विश्वकप लिग २ : नेपालको लगातार तेस्रो हार

आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार कमजोर प्रदर्शन गरिरहेको छ । आइतबार राती क्यानडाले आईसीसी विश्वकप लिग २ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।