आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो प्रहार भएको छ ।
काठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए महानगरले सहयोग गर्ने भएको छ।
गैरआवासीय नेपालीहरूको परोपकारी संस्था एमआईटी फाउन्डेसनले काठमाडौंमा दिगो स्टार्टअप र उद्यमशीलता सम्मेलन गर्ने भएको छ ।
माग पुरा गर्न काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् ।
परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् ।
पाटन संयुक्त क्याम्पसमा मतदानका क्रममा विद्यार्थीहरूबीच झडप भएको छ ।
विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युत वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छ्न् । प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष शपथ लिइएकाे हाे ।
रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री तथा केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.