दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबण्डा टुंगो लगाएसँगै उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ ।
स्थानीय तहहरूमा ५० प्रतिशतसम्म कर कटौतीको गर्ने जनाएको छ ।यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ ।
बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगर दिने सहमति भएको हो ।
सत्तासाझेदार (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले घोषणापत्र सार्वजनिक गरेकी छन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेको छ । बुधबार काठमाडौंमा तीन दलका नेताहरुबीच तालमेल सहमति भएको हो।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पाटीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न प्रस्ताव गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.