‘आमनागरिकमा आत्मविश्वास र आशा जगाउने गरी बजेट बनेको छ’: अर्थमन्त्री

अर्थमन्त्री बर्षमना पुनले बजेटले नागरिकमा आत्म विश्वास बढाउने बताएका छन् । मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्ते बताएका हुन् । उनले ...

‘लगानी योग्य वातावरण बनाउने बजेट आयो’- अध्यक्ष ढकाल

अहिलेको बजेटले परम्परागत प्रक्रियाको बजेट परिवर्तन गरि नयाँ चरणको सुधार गरेको ढकालले बताए । ‘निजि क्षेत्रको सुझावलाई सबै राजनितिक दलहरुलाई राखेर अघि बढेका थिए । यो बजेटले नयाँ सुधार ल्याउँछु’ उनले भने।

विदेशी मुद्राको विनिमय दर, बढ्यो अधिकांशको मूल्य

बिहीबार अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनियम दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा छ ।

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

अर्थमन्त्रालयका सहसचिव नारायण प्रसाद रिजालले वित्तीय क्षेत्र सुधारका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले अर्थमन्त्रालयले वित्तीय सुधार रणनीति बनाएर अगाडि बढ्न तयारी गरेको बताउँदै त्यसमा लागि सल्लाह सुझाव दिन पनि आग्रह गरे ।

मेलम्ची खानेपानी आजदेखि बन्द, वर्षा कम भएपछि पुनः सञ्चालन हुने

मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाव बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो ।

विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि

नेपालको विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) साढे १९ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो ।

मूल्यवृद्धि दर तीन वर्षयताकै कम

जेठ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा आएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थितिअनुसार जेठमा उपभोक्ता मूल्यवृद्धिदर ४.१७ प्रतिशत छ । यो मूल्यवृद्धि दर २०७८ भदौयताकै कम हो ।

अर्थमन्त्रीको निर्देशन : बजेटका लक्ष्य भेटाउन आजैबाट खटौं

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्य पूरा गर्न आजैदेखि काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित आव २०८०–८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रूपमा निर्धारण गरिएका लक्ष्य पूरा गर्न आ–आफ्नो जिम्मेवारी अनुसार परिणाम निकाल्न निर्देशन दिए ।

रात्रि बस नचलाउन सरकारले गरायो सचेत

प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ।

डलरको मूल्यमा निरन्तर रेकर्ड

डलरको मूल्यमा निरन्तर रेकर्ड कायम भएको छ । डलरको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएकोमा बुधबार तोडिएको थियो । बुधबारको रकेर्ड आज (बिहीबार) तोडिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ।