पलेशा गोवर्धनले ६५ लाख पुरस्कार पाउने

पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनले नियम अनुसार ६५ लाख राशिको पुरस्कार पाउने छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यो पुरस्कारमा कर छूट दिने घोषणा गरेका छन् ।

आज कति छ विनिमय दर?

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ ।

डलरको मूल्य बढ्दा यूरोको घट्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।

भदौसम्म यस्तो रह्यो सरकारी वित्त

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ ।

१८ खर्ब ७२ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १४.८ महिनाको आयात...

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकमा १८ खर्ब ७२ अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो आठ महिनामा २१.७ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ ।

११ महिनामा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँको व्यापारघाटा

चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा नेपालको आयात र निर्यात व्यापार दुबै ओरालो लागेको छ ।

सरकारले तोक्यो धानको समर्थन मूल्य

सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोक्ने निर्णय गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुन: प्रत्यक्ष निर्वाचित हुनुपर्ने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएका छन् । यसअघि विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

रेमिट्यान्स आप्रवाह मासिक १२० अर्ब माथि

नेपालमा रेमिट्यान्स आप्रवाह मासिक १ खर्ब २० अर्ब रुपैयाँले भित्रिरहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिनासम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

नेप्से २२ सय अंक माथि

करिब १ वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ । कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो ।