नेपालको कन्ट्री रेटिङ सुरु, आयो टोली

नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गर्न फिच क्रेडिट रेटिङ्स कम्पनीको टोली नेपाल आएको छ । कुनै पनि मुलुकको ऋण योग्यता (क्रेडिट वर्दिनेस) तथा लगानीको वातावरण सम्बन्धी स्वतन्त्र मूल्यांकनका लागि सार्वभौम क्रेडिट रेटिङ गर्ने गरिन्छ ।

एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन, साना तथा मझौला उद्योगमा...

साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमीसँग ठिकसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेको तर्फ पनि अध्यक्ष ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

भारतको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने

आज नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएसँगै पाइपलाइन बन्ने पक्का भएको हो ।

विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने

विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ । नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी निर्देशक बोर्ड बैठकले उक्त सहायता रकम स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।

प्राधिकरण सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त

मन्त्रालयले आजनै मन्त्रिस्तरिय निर्णय गर्दै रिक्त पदमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन

धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

पश्चिम सेती जलविद्युतको डीपीआर तयार पार्न बोलपत्र आह्वान

नेपाली कम्पनीहरुले आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म बोलपत्र पेस गर्न सक्ने बताइएको छ ।

भैरहवा विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जहाज प्राविधिक टोलीले सफलतापूर्वक निकालेको जानकारी दिए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट भैरहवा पुगेको थियो ।

त्रिशूलीमा हराएका बस वाटर ड्रोनबाट खोजिँदै

त्रिशूली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।

३ असोजबाट धराहरा सञ्चालनमा ल्याइने

काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।