चिकित्सा शिक्षा आयोगको परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता
कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण)मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताएकी हुन् ।
अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपालीलाई समेत असर पर्ने
आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार घोषणा गरेको छ।
इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास
वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ । यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन् ।
राजस्वको लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१–८२ को राजस्व संकलन लक्ष्य पूरा हुने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । गत आव २०८०–८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलन लक्ष्य पूरा गर्नुको विकल्प नरहेको बताए ।
पाँचथर विष्फोटका घाइतेको सरकारले निशूल्क उपचार गर्ने
सरकारले पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ ।
व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो
नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो । नेपाली नागरिकले विदेशमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्न १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्याइएको छ ।
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर
सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकिएको छ ।
नेपाल -थाइल्याण्ड व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः ढकाल
भेटमा सुचिरा पञ्चनाले थाइ ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताइन् ।
पेट्रोलियम पदार्थको भाउ घट्यो
नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।
मुग्लिन–पोखरा सडक निर्माणमा ढिलासुस्ती नगर्न भौतिकमन्त्री दाहालको निर्देशन
मन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।