विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा
विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेसँगै हजारौं मानिसलाई विष्थापित बनाएको छ । बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका थिए । बीबीसीका अनुसार सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । आँधी सारासोटा हुँदै फ्लोरिडातिर सरिरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
बुटवल–नारायणगढ सडक विस्तारमा भएको ढिलाईबारे प्रम ओलीको चासो, छलफलका लागि बैठक...
आज छलफल बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ ।
अब एसईई फेल भएकाले पनि सीटीईभीटीको प्रि-डिप्लोमा तह पढ्न पाउने
सीटीईभीटीले कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ गरी चार विधामा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कस्तो बन्यो श्रम आप्रवासन नीति ?
रोजगारदाता र श्रम आप्रवासनसम्बन्धी सेवा प्रदान गर्ने व्यवसायीका लागि पुरस्कार र दण्डसहितको मापदण्ड बनाई प्रभावकारी अनुगमन संयन्त्र निर्माण गरिने मस्यौदामा समेटिएको छ । श्रमिकको खर्च रोजगारदाताले बेहोर्ने प्रणालीलाई श्रम गन्तव्य देशसँग गरिने द्विपक्षीय श्रम सम्झौतामा उल्लेख गरिने, श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, न्यायोचित बनाउन वैदेशिक रोजगार व्यवसायीलाई जवाफदेही बनाउने विषय उल्लेख छ ।
अमेरिकामा राष्ट्र्पति पदको निर्वाचनमा आज मतदान
अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुनेछ । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् । उपराष्ट्रपति कमला डेमोक्रेट हुन् ।
साउदीमा अब विदेशी महिला कामदारले रोजगारदाता बदल्न पाउने
साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता बदल्न पाउने भएका छन् । उनीहरुलाई २ महिनाको समय (ग्रेस अवधि) दिइने भएको छ । निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको सञ्चारमाध्यमले जनाएका छन् ।
वैदेशिक रोजगार व्यवसायीको माग : श्रमिकको लागत निर्धारण गर
वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो ।
पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे ।
अर्थमन्त्री र आइएमएफ उपनिर्देशकबीच भेट, नेपालको अर्थतन्त्र सुधारमा सुधार भएको दाबी
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष ९आएएमएफ०को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।
अर्थ मन्त्रालयमा...
विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।