हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति
नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो ।
सरकारले कति तोक्यो उखुको समर्थन मूल्य ?
सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपियाँले वृद्धि गरेको हो ।
एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने
हाल अनलाइनमार्फत आवेदन दिई रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गई लिनुपर्ने व्यवस्था छ । अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो ।
अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपालीलाई समेत असर पर्ने
आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार घोषणा गरेको छ।
महाकवि देवकोटाको जन्मजयन्ती आज
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
एसईईकाे फारम खुल्याे,एक महिनाकाे म्याद
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबारदेखि फारम खुलाएकाे हाे । यसका लागि एक महिनाको समय दिएको
इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास
वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ । यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन् ।
अमेरिकामा राष्ट्र्पति पदको निर्वाचनमा आज मतदान
अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुनेछ । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् । उपराष्ट्रपति कमला डेमोक्रेट हुन् ।
साउदीमा अब विदेशी महिला कामदारले रोजगारदाता बदल्न पाउने
साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता बदल्न पाउने भएका छन् । उनीहरुलाई २ महिनाको समय (ग्रेस अवधि) दिइने भएको छ । निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको सञ्चारमाध्यमले जनाएका छन् ।
१८ खर्ब ७२ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १४.८ महिनाको आयात...
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकमा १८ खर्ब ७२ अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो आठ महिनामा २१.७ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ ।