प्राधिकरणले भन्यो -‘निःशुल्क विद्युत् वितरण गर्ने हल्ला कपोकल्पित, भ्रमको पछि नलाग्नू’

सोमवार एक सूचना जारी गर्दै नयाँ वर्षको अवसरमा प्राधिकरणले आफ्ना ग्राहकलाई सय युनिट विद्युत् निःशुल्क वितरण गरेको भन्ने भ्रम छर्ने काम सामाजिक सञ्जालमा भइरहेको भन्दै यसमा सत्यता नरहेको स्पष्ट पारेको हो ।

‘१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्दैछौं, ढुक्क भएर विद्युत्...

अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको भूमिका र महत्त्वलाई दर्शाएको छ ।’

‘जलवायु परिवर्तनले क्षति पुगेका प्रभावित राष्ट्रले उचित क्षतिपूर्ति पाउनुपर्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनले नेपालमा ठूलो जनधनको क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गरेकी छिन् ।

निगमलाई पाक्षिक घाटा ४ अर्ब ४९ करोड, भारतलाई तिर्न बाँकी १८...

प्राप्त मूल्य सूची अनुसार निगमलाई १५ दिनमा ४ अर्ब ४९ करोड रुपैयाँ नोक्सान हुने भएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ ।

मध्य भोटेकोशी जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’

सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणको क्रममा रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङको बिहीबार ब्रेक थ्र्रु भएको छ । यो सुरुङ ७ हजार १२६ मिटर लामो छ ।

‘चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् ।

लामो प्रतीक्षापछि अघि बढ्यो बूढीगण्डकी आयोजना, प्रधानमन्त्री गरे फिल्ड कार्यालय...

लामो समयको प्रतीक्षापछि सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् ।

नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो

आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा रहेको छ ।

उपत्यकासहित विभिन्न भेगमा भारी वर्षा, कस्तो छ मौसम पूर्वानुमान ?

रातभर ठूलो पानी परेको काठमाडौंमा बिहान घाम चर्किएको छ । तर दिउँसोपख काठमाडौंसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।