आइतबार खुलेको सेयर बजार २९ अंक बढेको छ । कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४१ करोडको विक्री भएको छ। आज १५८ कम्पनीको मूल्य बढ्दा ९० को घटेकाे छ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ४ अंकले बढेकाे छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो । आज सेयर बजार ४.७८ अंकले बढेर २६००.७६ अंकमा पुगेको छ।
मंगलबार नेप्से २६५८.९३ झरेकाे छ। नेप्से परिसूचक ३५.७३ अंक घटेको छ । सो अंकको कमीपछि बजारका सबै सूचक घटेका छन् । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ ।