विश्वलाई त्रसित बनाइरहेको कोरोना रोकथामका लागि जनचेतनामूलक सन्देश जारी गरिएका छन् । रोकथामका विविध विधि अपनाइएका छन्, तर पनि संक्रमितको संख्या दिनहुँ बढ्दो छ । मानिसहरु कोरोना भाइरसको शिकार बन्नुका धेरै कारणहरु छन् जसमध्ये एउटा प्रमुख कारण भनेको हामी आफैले अपनाएको असावधानी हो ।