कोरोना संक्रमित दिनहुँ बढ्नु एउटा खतरनाक मानवीय बानी !

काठमाडौं, १० बैशाख । विश्व कोरोना भाइरस महामारीको चपेटामा छ ।

विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको यो भाइरस विश्वमा २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।

मंगलबारसम्म विश्वका २५ लाख ५५ हजार ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

सोही अवधिसम्म कोरोना भाइरसले विश्वका १ लाख ७७ हजार ४ सय ५९ जनाको ज्यान लिइसकेको छ।

कूल संक्रमितमध्ये हालसम्म ६ लाख ९० हजार २ सय १९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हालः विश्वका विभिन्न अस्पताल तथा घरमै बसेर कोरोना भाइरसका १६ लाख ८८ हजार ५९ जना बिरामी उपचारत छन्।

यीमध्ये ५७ हजार २ सय ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ लाख ३० हजार ८ सय ५ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

नेपालमा हालसम्म ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये पाँचजना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्।

विश्वलाई त्रसित बनाइरहेको कोरोना रोकथामका लागि जनचेतनामूलक सन्देश जारी गरिएका छन् । रोकथामका विविध विधि अपनाइएका छन्, तर पनि संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।

मानिसहरु कोरोना भाइरसको शिकार बन्नुका धेरै कारणहरु छन् जसमध्ये एउटा प्रमुख कारण भनेको हामी आफैले अपनाएको असावधानी हो । जुन हामीले थाहा नपाएरै भाइरसको संक्रमणलाई थप फैलाइरहेका हुन्छौं ।

तर पनि मानिसहरुले अन्जानमै भएपनि बारम्बार आफ्नो नाक, कान, मुख, आँखामा हातले छोइरहेका हुन्छन् ।नचाहँदा नचाहँदै पनि हाम्रो हात अनुहारमा गईरहेका हुन्छ ।

अझ विज्ञानले अनुहार छुनु मानिसका लागि स्वभाविक प्रतिक्रिया भएको जनाउँछ । अझ विज्ञानले अनुहार छुनु मानिसका लागि स्वभाविक प्रतिक्रिया भएको बताएको छ । विज्ञान भन्छ, हामी हरेक घण्टामा २३ पटक आफ्नो अनुहारका बिभिन्न अंग, आँखा, कान, नाक र मुखमा छुने गर्दछौँ ।

यस कारणले नै अहिलेसम्म अधिकांश मानिसहरुमा कोरोनाको संक्रमण भएको शोधबाट पत्ता लागेको छ ।

यो कुराको खुलासा अमेरिकी डा. न्यान्सी सी. एल्डर, डाक्टर विलियम पी. सायर र अष्ट्रेलियाकी डा.म्याक्लाव्सले आफ्नो अध्ययनमा धेरैजसो कोरोना संक्रमित व्यक्ति हातले अनुहार छुँदा भएको पत्ता लगाएका हुन् । तीनैजना डा. फेस टचिङमा स्टडी गरिरहेका छन् ।

हामीलाई अनुहारमा छुन हुँदैन, छोयो भने कोरोनाको खतरा छ भन्दा भन्दै पनि किन अनुहारमा हात पुर्याइरहन्छौँ ? यस बारेमा मनोवैज्ञानिकहरु भन्छन्, यदि कसैलाई पनि कुनै पनि काम गर्नबाट रौक्यो भने त्यसलाई त्यहि काम गरिरहन मन लाग्छ ।

उसको दिमाग नचहँदा नचाहँदै पनि त्यो काम गर्न थाल्छ । त्यसैले सानै दखि लागेको बानी हटाउन धेरै कठीन हुने गर्दछ । त्यसैले मानिसहरुले यस्तो बानी छोड्न सक्दैनन् ।

पोर्टल्याण्डस्थित ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीमा फेमिली मेडिसनकी प्रोफेसर डा. न्यान्सी सी एल्डर भन्छिन्, आँखा, कान र नाक छुनु मानिसको सबैभन्दा नराम्रो लत हो ।

आँखा मिच्नु, नाक चलाउनु, गाला तथा निधारमा हातले छुनु यो नराम्रो बानीमा पर्दछ । डा. न्यान्सीले आफ्ना क्लिनिक स्टाफहरुमध्ये ७९ जनालाई २ घण्टाका लागि एउटा कोठामा राखेकी थिइन् ।

उक्त अध्ययनमा उनले १ घण्टामा ति मानिसहरुले १९ पटक आफ्नो अनुहार छोएको पत्ता लागेको थियो ।

तर सिड्नीस्थित साउथ वेल्स विश्वविद्यालयमा महामारी तथा संक्रमण विषयका प्रोफेसरले सन् २०१५ का फेस टचिङ नामको एक स्टडी गरेका थिए ।

स्टडी गर्ने डाक्टर म्यारी लुईस भन्छिन्, ‘मेरो रिपोर्ट कोरोनाको यस घडीमा आएर काम लागेको छ । मैले यो रिपोर्ट २६ विद्यार्थीहरुको आधारमा तयार गरेकी थिएँ, जसमा विद्यार्थीहरुले एक घण्टामा २३ पटकसम्म आफ्नो अनुहार छोएका थिए ।’

यस्तो बानीले नाक, कान, आँखा, मुखमार्फत खराब चिजहरु हाम्रो शरीरभित्र प्रवेश गर्ने सम्भावना प्रवल रहने उनीहरुको भनाइ छ ।

पछिल्लो समय वैज्ञानिकहरुले कोरोनाभाइरसको आयु र मानव शरीरमा प्रवेश गर्ने माध्यमबारे अनुसन्धान केन्द्रित गरेका छन् । केही वैज्ञानिकले कोरोनाभाइरस कुनै वस्तुमा खसेको ९ दिनसम्म जीवित हुने निष्कर्ष निकालेका छन् ।

त्यो वस्तुमा रहेको भाइरसमा हाम्रो हात पुग्यो वा कुनै माध्यमबाट हाम्रो हातमा कोरोनाभाइरस आइपुग्यो भने आफ्नो अनुहारका विभिन्न भागमा हात पु-याउने हाम्रै बानीका कारण उक्त भाइरस हाम्रो शरीरभित्र प्रवेश गर्ने उनीहरुको तर्क छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here