स्विडेनका दुई जना सांसदले आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेसँगै उनको चर्चा झनै बढेको छ । लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए ।