१७ वर्षीया ग्रेटा थनबर्ग नोबेल शान्ति पुरस्कारका लागि मनोनित

काठमाडौं, २१ माघ । स्विडेनकी १७ वर्षीया वातावरण अभियन्ता ग्रेटा थनबर्ग अहिले संसारभरि छाएकी छन् ।

स्विडेनका दुई जना सांसदले आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेसँगै उनको चर्चा झनै बढेको छ ।

हुन त् उनि विश्वको लागि नौलो मानिस भने होईन् । जलवायु परिवर्तनका बारेमा थनबर्गले संयुक्त राष्ट्रसंघमा दिएको भाषणले लाखौं मानिस ध्यान खिचेको थियो । थनबर्गले सञ्चारकर्मी तथा राजनीतिक नेतालाई सन् २०१८ को आइपिसिसी प्रतिवेदनको एउटा तथ्यांकबारे ध्यानाकर्षण गराइन् ।

सो प्रतिवेदनले विश्वव्यापी उष्णतालाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्न तत्काल कदम चाल्न विश्व समुदायलाई आह्वान गरेको थियो ।

१७ वर्षीय किशोरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्नु ठीक अघि आफ्नो मन्तव्य दिएकी थिइन् ।

तीनै अभियान्तालाई लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए । तर सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबी अहमदले प्राप्त गरेका थिए ।

सन् २०१५ को पेरिस सम्झौता जलवायु सङ्कटबाट बच्नको लागि महत्वपूर्ण कदम थियो । यसमा गरिब र धनी दुवै राष्ट्रका वर्षाको बदलिँदो शैली, बढिरहेको विश्वको तापक्रम कटौति गर्न कदम चालिएको थियो, जसको माध्यमबाट हिउँ पग्लिने क्रमलाई रोक्न सकिन्थ्यो ।

को हुन् ग्रेटा थनबर्ग ?

ग्रेटाको जन्म २००३ को जनवरीमा भएको हो । अभिनेता पिता स्वन्त थनबर्ग र गायिका माता मलिना अर्मनको कोखबाट जन्मिएकी ग्रेटाले ८ बर्षको उमेरबाट जलवायु परिवर्तनको बारेमा बुझ्न शुरु गरेकी थिइन् ।

युवाहरु यसलाई न्यूनीकरण गर्न केहि नगरेको देखेर उनी आश्चर्यचकित भइन् तर उनलाई त्यो असर कसरी कम गर्ने भन्ने जानकारी थिएन । ११ वर्षको हुदा उनि पृथ्वीको अहिलेको अवस्था र केही गर्न नसक्ने देखेर दिक्क लग्यो । उनी आफ्नो कुरा बेबाक तरिकाले आँकडासहित राख्न माहिर मानिनन्छिन् । अहिले जलवायु परिवर्तनको मुद्धामा उनी विश्वकै एक आइकन बनिसकेकी छन् ।

सेप्टेम्बर २० मा विश्वको एक सय ६१ देशको करिब ४० लाख मानिसले जलवायु परिवर्तनको विरोधमा आन्दोलन गरेका थिए र त्यो अहिले सम्मकै संसारकै सबैभन्दा ठुलो वातावरण सम्बन्धि प्रदर्शन थियो ।

त्यसको सुरुवात ग्रेटाले २०१८ मा “फ्राइडे फर फ्युचर” अभियानबाट भएको थियो । अहिले हरेक शुक्रबार उनि हड्ताल गर्छिन् । उनले कक्षा ९ मा पढ्दा, निभेम्बेर २०१८ मा स्वीडिस संसद अगाडी दुई हप्ताको आन्दोलन गरेकी थिइन् । सरकारले १५ प्रतिशत कार्बन इमिसनमा कटौती गर्नुपर्ने उनको माग थियो ।
मे, २०१८ थनबर्गले स्वेन्सका दगलाडेट नामको पत्रिकामा जलवायु-परिवर्तन शिर्षकमा निबन्ध प्रियोगिता जितेकी थिइन् । यहीबाट उनको वातावरण सक्रियताको करियर सुरुवात भएको थियो । त्यसको तीन महिनापछि उनले स्कुलबाट जलवायु परिवर्तन र असरको बारेमा आन्दोलन सुरु गरेको थिइन् र त्यो तिन महिनासम्म चलेको थियो ।

थमबर्ग आफ्नो निडर अभियानकर्ताको श्रय आफ्नो स्पेजर सेन्ड्रोमलाई दिन्छिन् । चार वर्ष अगाडी उनलाई यो रोग देखा परेको थियो । स्पेजर सेन्ड्रोम एकोहोरोपन अवस्था हो, त्यस्तो मानसिक अवस्थाको अन्तिम चरण जसलाई ‘अत्यधिक सक्रियपन’ मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here