विश्व बैंकले ८६ हजार घर पुनर्निर्माणका लागि नेपाल सरकारलाई २०० मिलियन डलर (२२ अर्ब ८२ करोड) रुपैयाँ प्रदान गरेको हो । सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच हाडाड-जर्भोसले हस्ताक्षर गरेका छन् ।