महिलाहरु मथि सबैभन्दा बढी हिंसा श्रीमानबाट भएको देखिएको छ । गत चैत ११ गते बन्दाबन्दी लागु भए पछि ३३ जिल्लामा हालसम्म भएका ३३६ हिंसाका घटनामध्ये १५५ जना श्रीमान र ६७ जना परिवारका सदस्यहरुबाट पिडित भएका छन् ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरेको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १३ वटा जिल्लाहरुबाट बन्दाबन्दी शुरु भएदेखि ८३ वटा महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् ।