महिलामाथि सबैभन्दा बढी हिंसा गर्नेमा श्रीमान, १७–२५ वर्षे महिला बढी पिडित

Photo Source: United Nations

काठमाडौं, ६ जेठ । महिलाहरु मथि सबैभन्दा बढी हिंसा श्रीमानबाट भएको देखिएको छ ।

गत चैत ११ गते बन्दाबन्दी लागु भए पछि ३३ जिल्लामा हालसम्म भएका ३३६ हिंसाका घटनामध्ये १५५ जना श्रीमान र ६७ जना परिवारका सदस्यहरुबाट पिडित भएका छन् ।

यस्तैगरि ६६ जना छिमेकी, १७ जना परिवारका सदस्यबाट, ७ जना साथीबाट, ४ जना घरमालिक, ३१ जना पहिचान नखुलेको व्यक्तिबाट हिंसा भएको पाईएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको हो । यी मध्ये ३० वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका छन् ।

हिंसामा संलग्न भएका पीडकहरुमध्ये सबैभन्दा बढी ११२ जना २५ देखि ३५ वर्ष समुहका रहेको पाईएको छ । यस्तैगरि क्रमश ३६ देखि ४५ वर्ष उमेर समुहका ८४ जना, १७ देखि २५ वर्षका ७२ जना, ४६ वर्षमाथिका ३८ जना, १६ वर्षभन्दा कम उमेरका २ जना, र उमेर समुह थाहा नभएको ३९ जना रहेका छन् ।

हिंसा प्रभावितहरुमध्ये सबैभन्दा बढी १०८ जना महिलाहरु १७ देखि २५ बर्ष उमेर समूहका रहेको पाईएको छ ।

त्यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका १०३ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका ४७ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका २६ जना महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ बर्षभन्दा कम उमेरका ४४ जना बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका ८ जना हिंसाबाट प्रभावित भएका छन् ।

अभिलेखिकरण भएका घटनाहरुमध्ये सबैभन्दा बढी १९८ वटा घरेलु हिंसाका घटना रहेका छन् । त्यस्तैगरि २९ वटा सामाजिक हिसाका घटनाहरु रहेका छन् ।

सामाजिक हिंसाका घटनाहरुमा १४ वटा जवरजस्र्ती तथा कम उमेरको विवाह, ११ वटा घटनाहरु चारित्रिक आरोपका, ४ वटा बोक्सिको आरोपमा मानसिक यातना दिएका घटनाहरु रहेका छन् । यसैगरी ४८ वटा बलात्कार, १० वटा बलात्कारको प्रयास, १२ वटा यौन दुव्र्यवहार, ५ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, १६ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना, २ वटा मानव बेचविखन र १० वटा साइवर अपराधसँग सम्बन्धीत रहेका छन् ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये १५९ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३९ जना मेलमिलाप समितीमा गएको, ४१ जना हिंसा सहन नसकेर आमाबुवाको घर आफन्तकोमा गएर बसिरहेका र ९७ जना प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेको र वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here