हामीले पछिल्लो पुस्तालाई जीवनोपयोगी ज्ञान दिन सकेका छैनौँ । हाम्रा जडिबुटी र प्राकृतिक जीवनयापनका कुरालाई हामीले प्रभावकारी ढङ्गले प्रस्तुत गर्न जरुरी छ । मौलिक प्रचलन छाडेर मेहेन्दी लगाउने प्रचलनले हाम्रो स्वास्थ्य र अर्थतन्त्र दुवैलाई नराम्ररी घाटा पु¥याएको आशय कवितामा प्रस्तुत भएको छ ।