प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले हागामी चुनाव नलड्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।
एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । शनिबार फेसबुक पेजमा आफ्नो वक्तब्य राख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
बेलारुस, रुस र युक्रेनका अभियन्तालाई यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन् ।
बैंकले सार्वजनिक गरेको 'साउथ एसिया इकोनोमिक फोकस' मा यसअघि गरिएको ३.७ प्रतिशतमात्र रहने प्रक्षेपणलाई संशोधन गरी यो वर्ष ५.८ प्रतिशत वृद्धिदर पुग्ने उल्लेख छ ।
अर्जेन्टाइन स्टार लियोनल मेसीले आगामी महिनाबाट शुरु हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । ३५ वर्षिय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलिसकेका...
चन्द्रागिरीमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको जानकारी गराएको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी...
थाईल्यान्डस्थित एउटा प्रि–स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन्। नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले...
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सले पाएकी छिन् । एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक क्लिनिकल एक्युटीमा कैयौँ लेख लेखेको बताइएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.