वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । नेपाल आयल निगमले गत साता डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको हो ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ ।
मार्चदेखि हिरो सर्भिस सेन्टरमा पार्टपुर्जा सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउससमेत तयार भइरहेको छ। पार्टपुर्जा आयात गर्न प्रतीतपत्र (एलसी) खोलिसकेको कम्पनीको भनाइ छ।
काठमाडौं । बजाज थ्री ह्वीलर्सको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘यसपालीको चाड, उपहार सँगै स्वरोजगार’ अफर ल्याएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरेको अभियानमा...
यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ।
यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यसअघिको सिस्टममा समस्या आएपछि विभागले नयाँ अनलाइन आवेदन प्रणाली विकास गरेको हो । नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने कार्यले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको पनि महानगरले स्पष्ट पारेको छ ।
बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ ।