काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा मुलुकको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै दिगो समाधानको माग गरेको छ ।
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो ।
गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ ।
बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ ।
ट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि लाइसेन्ससँग सबन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन् ।
दाउन्ने क्षेत्रमा आज सवारी साधनको लामो जामका कारण यात्रु समस्यामा परेका छन् ।
राष्ट बैंकले प्रर्दशनको क्रममा क्षति भएका सवारी साधन प्रतिस्थापनका लागि ऋण लिनुपरे सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेकाे छ । राष्ट बैंकले परिपत्रमार्फत शुक्रबार उक्त व्यवस्था गरेको हो ।
काठमाडौं ।नेपालमा न इन्धनको स्रोत, न आर्थिक रुपमा आत्मनिर्भर । नेपालसँग भएको प्रचुर सम्भावना भनेको अत्यधिक विद्युत उत्पादन, विद्युतीय सवारीमा जोड र बढी भएको बिजुली बिक्री नै हो । नेपालको प्राकृतिक सम्भावनाले नै भन्छ, नेपालले प्रशस्त बिजुली उत्पादन...

































