जब तिब्बतको पोतला बजारका पसलेलाई भनियो ‘२२ जुलाईमा पसल बन्द गर्नु’, के थियो सरप्राइज ?

© Reuters

ल्हासा । तिब्बतको विश्वविख्यात पोतला बजार क्षेत्रका पसलेलाई केही समय अगाडी एक सूचना प्राप्त भयो । जसमा भनिएको थियो, २२ जुलाईका दिन बजार नखोल्नु । यो चीन सरकारका तर्फबाट जारि निर्देशन थियो ।

चीनमा सरकारी निर्देशन कानून बराबर हुन्छ । सोहीकारण उनीहरुमा उत्सुकता बढ्यो । आखिर तिब्बतमा के हुन थाल्यो ? स्थानीयले सोचेका थिए, पक्कै केन्द्र सरकारबाट कसै न कसैको भ्रमण हुनेछ ।

जसमा चीनको कम्युनिस्ट पार्टीका कुनै ठूलो नेता सहभागी हुनेछन् । तर, २२ जुलाईका दिन एक सरप्राइज भयो । देशका सर्वोच्च नेता शी जिनपिंग बीना कुनै सूचना तिब्बत पुगे । र यो पहिलो घटना थियो । जहाँ उनको लामो कार्यकालपछि पहिलो पटक राष्ट्रपतिले तिब्बत टेकेका छन् ।

अचानक भएको राष्ट्रपतिको यो भ्रमणबाट स्थानीय मात्र होइन, संसारभर एक प्रकारको तरंग उत्पन्न भएको छ । किनकी तिब्बत मामिलामा विश्वको चासो छ । यसले भारत, पाकिस्तानसहित नेपालसम्म सम्बन्ध राख्छ ।

राष्ट्रपतिले ल्हासाको पोतला दरबार आयोजित एक भब्य जनसभालाई सम्बोधन गरे । जहाँ उनले सरकारी नीतिका कारण चीन समाजवाद उन्मुख भइरहेको सन्दर्भलाई उल्लेख गर्न भ्याए । तिब्बत भ्रमणका दौरान राष्ट्रपतिले महत्वपूर्ण तथा ऐतिहासिक धार्मिक संरचनाको भ्रमण अवलोकन गरेका छन् । उनले ती संरचनाबारे जानकारी समेत लिएका छन् ।

Photo : SCMP

नेपालसँगको सम्बन्ध
चिनियाँ सरकारी संचारमाध्यमहरुका अनुसार जिनपिंगको यो यात्रा तिब्बतको स्वायत्तताको ७० वर्ष पुरा भएको उपलक्ष्यमा भएको हो । चीन तिब्बतका माध्यमबाट नेपालसँग आफ्नो व्यापार तथा आर्थिक सम्बन्ध बढाउन चाहन्छ ।

भारतीय संचारमाध्यमले समेत उनको यो भ्रमणलाई चीनसँगको तिब्बतबाट हुने व्यापारिक सम्बन्धसँग जोडेर प्रचार गरिरहेका छन् । चीनले नेपालसँग व्यापारिक तथा आर्थिक सम्बन्ध स्थापित गर्न सिचुवान ल्हासा रेलमार्गको भूमिका महत्वपूर्ण हुने छ । यो रेलमार्गको बिस्तारित खण्ड ल्हासा न्यिंग्ची रेलमार्गमा चीनले काम शुरु गरिसकेको छ ।

ल्हासाबाट न्यिंग्ची जोड्ने रेलमार्गको काम गत महिनाबाट शुरु भएको हो । संचारमाध्यमहरुका अनुसार यो सिचुवान तिब्बत रेल खण्डको एक सामरिक रूपमा महत्वपूर्ण हिस्सा मानिन्छ । या रेलमार्ग कुल १७४० किलोमिटर लामो हुने छ ।

बीबीसी हिन्दीका अनुसार ल्हासा र न्यिंग्ची रेलमार्गमा विद्युतीकरण समेत भइसकेको छ । यहाँ प्रतिकिलोमिटर १६० को गतिमा रेल कुद्ने छ । भारतसँग सीमामा जोडिएका महत्वपूर्ण इलाकामा चीनले गरिरहेको अत्यावश्यक विकासबाट भारत भने आत्तिएको छ ।
बीबीसी हिन्दीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here