उकालो लाग्यो सुनको मूल्य
सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा नयाँ रेकर्ड
गत जेठ गतेमा बनेको प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ उच्च मूल्यको रेकर्ड शुक्रबार तोडिएको हो । आज प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बढ्यो सुन–चाँदीको भाउ
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
फेरि उकालो लाग्यो सुनको भाउ
नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।
एकैदिन तोलामै १७ सयले घट्यो सुनको मूल्य
बजेटपछि निरन्तर बढेको सुनको भाउमा ओरालाे लागेकाे छ। सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हाे।
सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, कति पुग्यो प्रतितोला ?
नेपाली बजारमा शुक्रुवार सुनको भाउ फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो।
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
तोलामा १५ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। मंगलबार तोलामा २४ सयले बढेको सुनको मूल्य आज तोलामा १५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

























