ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनले नेपालमा ठूलो जनधनको क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गरेकी छिन् ।
त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा पाँच विधामा उत्कृष्ट सात नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।
न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा जानकारी दिए ।
सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको छ।
बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । पछिल्लो केही महिना यता लगानी योग्य रकम (तरलता) को अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन्...
सरकारले भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका तयारीलाई गति दिएको छ । भन्सार कार्यालयहरुमा प्रयोग हुने यो निर्देशिका चाँडै तयार भई कार्यान्वयनमा आउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भन्दै बजारमा विभिन्न नामबाट अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेको भन्दै सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन।
© 2026 Cloud Patrika. All Rights Reserved.