इजरायली सेनाले गाजाकाे‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा शनिबार बेलुका मेक्सिकन नौसेनाको जहाज ठोक्किएको छ।
अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले सन् २००५ देखि बन्द रहेको हङकङको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन कुटनीतिक पहल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आरेकी छिन् ।
नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ ।
इसराइलले गजाको अस्पतालमा हवाई आक्रमण गर्दा कम्तिमा २८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
भारत र पाकिस्तानकाबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ ।
युद्धविरामकाे केही घण्टामै पाकिस्तानले बम विस्फाेट गरेकाे भारतले आरोप लगाएकाे छ।
भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएकोसँगै पाकिस्तान एयरपोर्ट प्राधिकरणले देशको हवाई क्षेत्र खुलाइएको घोषणा गरेको छ । अबसबै उडानहरू पूर्ण रूपमा सञ्चालन हुनेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.