खतिवडाका अनुसार चैत मसान्तसम्म चालूतर्फ ४ सय ८८ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ५१ प्रतिशत खर्च भएको छ। त्यस्तै विकासे खर्च अर्थात् पुँजीगततर्फ १०५ अर्ब रुपैयाँ खर्च भएको छ।
निजी उद्योगी/ व्यवसायीको दुई ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आइतबार एक विज्ञप्ती निकाल्दै ५० प्रतिशतभन्दा बढी तलब भुक्तानी गर्न कठिन रहेको बताएका छन्।
३८ लाख ग्राहकलाई १५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा १ महिनामा सरकारी राजश्वमा ५० करोड रुपैयाँ नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो...
लकडाउनको अवधिमा २४.६५ प्रतिशत उद्योगहरु नियमितरुपमा सञ्चालनमा रहेको पाइएको छ। आंशिकरुपमा १५ प्रतिशत उद्योग सुचारु भए पनि करिव ६० प्रतिशत उद्योगले पूर्ण रुपमा लकडाउनको पालना गरेको सर्वेक्षणमा पाइएको थियो।
कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।
खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।
गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ विक्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनले बीउ खरीद गर्ने वातावरण नरहँदा नरपालिकाले...
मन्त्रिपरिषद वैठकले स्वीकृत गरेको कार्यविधिअनुसार औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई बैशाख महिनाको ५० प्रतिशत तलब तत्काल पाउने भएका छन् ।
सरकारले दैनिक ज्यालादरी गर्ने तर लकडाउनका कारण बेरोजगार भएकाहरुलाई स्थानीय तहमै रोजगारी दिने भएको छ। स्थानीय तह तथा प्रदेशबाट सञ्चालित विकास आयोजनामा त्यस्ता श्रमिकलाई काम लगाइने निर्णय गरेको हो ।
यसअघि २५ वैशाखसम्म कर तिर्न मिल्ने सरकारले बताएको थियो । तर, कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि लम्बिएसँगै कर तिर्ने समय पनि बढाइएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.