गुरु पूर्णिमा आज, कस्तो छ महत्व ?

गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।

एसईईको पूरक परीक्षा आजबाट

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ...

अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको जानकारी दिए ।

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।

काठमाडौं महानगरको श्रम बैंकबाट झण्डै १ हजारलाई रोजगारी

काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्। काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्।

अर्थ मन्त्रीले एक सय दिने कार्ययोजना कस्तो बनाए ?

अर्थको कार्ययोजनामा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार पार्ने योजना समेत समेटिएको छ । यसै अवधिमा नयाँ बीमा नियमावली २०८१ तर्जुमा गरी मन्त्रिपरिषद्‍मा पेस गरिने छ ।

भदौ लागेसँगै घट्यो अण्डाको मूल्य

नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । प्रतिक्रेट २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले बताएको छ । पछिल्लो पटक २८ असारमा तोकेको अन्डाको मूल्य सोमबारदेखि लागु हुनेगरी घटाएको हो । २८ असारमा सबैभन्दा ठूलो (एक्सएल) साइजको अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अन्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो ।

बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ७३ वटा बुँदामध्ये २५ प्रतिशत मात्र पूर्ण...

नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी संचालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट, पूर्वाधार विकासमा...

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ। महानगरको १५ औँ नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन्।