स्टार्टअपको योजनामा हुनुहुन्छ ? सरकारले दिने कर्जामा आवेदन खुल्यो

स्टार्टअप उद्यमीलाई लक्षित गरी सरकारले कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो ।

चिकित्सा शिक्षा आयोगको परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता

कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण)मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताएकी हुन् ।

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपालीलाई समेत असर पर्ने

आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार घोषणा गरेको छ।

प्रधानमन्त्री ओलिले भने ‘एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम...

ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए ।

बाल दिवस आज मनाइँदै

‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ दिवस मनाइएको थियो ।

कस्तो बन्यो श्रम आप्रवासन नीति ?

रोजगारदाता र श्रम आप्रवासनसम्बन्धी सेवा प्रदान गर्ने व्यवसायीका लागि पुरस्कार र दण्डसहितको मापदण्ड बनाई प्रभावकारी अनुगमन संयन्त्र निर्माण गरिने मस्यौदामा समेटिएको छ । श्रमिकको खर्च रोजगारदाताले बेहोर्ने प्रणालीलाई श्रम गन्तव्य देशसँग गरिने द्विपक्षीय श्रम सम्झौतामा उल्लेख गरिने, श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, न्यायोचित बनाउन वैदेशिक रोजगार व्यवसायीलाई जवाफदेही बनाउने विषय उल्लेख छ ।

४० कर्मचारी पुरस्कृत हुँदै (सूचीसहित)

सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।

राजस्वको लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१–८२ को राजस्व संकलन लक्ष्य पूरा हुने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । गत आव २०८०–८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलन लक्ष्य पूरा गर्नुको विकल्प नरहेको बताए ।

पाँचथर विष्फोटका घाइतेको सरकारले निशूल्क उपचार गर्ने

सरकारले पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ ।

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकिएको छ ।