विदेशी उत्पादनले धानिएको नेपाली चाडपर्व, चङ्गादेखि खसीबोकासम्म विदेशकै भर

काठमाडौं, २४ असोज । नेपालमा संस्कृती बोकेको चाडपर्वमा आवश्यक सामग्रीमा पनि विदेशकै भर पर्नु परेको छ ।

नेपालीहरुको मुख्य चाड दशैको लागि चाँहिने सामानदेखि तिहारको लागि सजाइने फूलमा समेत विदेशकै भर पर्नुपर्ने नेपालीको बाध्यता रहेको छ ।

दशैमा बढीमात्रामा खपत हुने खसीबोला देखि चङ्गामा समेत नेपाल विदेशमै भरमा रहेको छ । गत वर्ष दसैं आउनुअघिका महिनामा करोडौं रुपैयाँका खसीबोका भित्रिएका थिए। कोरोना माहामारीका कारण यसपालि परिस्थिति ठीक उल्टो देखिएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना एउटा पनि खसीबोका भित्रिएनन्। जबकि गत आर्थिक वर्ष २०७५/७६ को साउन महिनामा मात्रै मुलुकमा ३७ करोड २१ लाख रुपैयाँभन्दा धेरैको खसीबोका आयात भएको थियो।

मुलुकमा विगतका वर्षमा अर्बौं रुपैयाँको खसीबोकालगायतका पशु आयात हुने गरेका थिए।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा २ अर्ब ६५ करोड ५१ लाख रुपैयाँको खसीबोका आयात भएका थिए। उक्त मूल्यमा मुलुकमा १९ लाख ३३ हजार ३ सय खसीबोका भित्रिएका थिए।

उक्त वर्ष १७ लाख ७९ हजारको ३ लाख १६ हजार भेडा आयात भएका थिए। यसपटक भने के कति भित्रने छ भन्ने आकलन नै गर्न सक्ने अवस्था छैन् ।

त्यस्तै संस्कारलाई जोगाउन चङ्गा वर्षेनी भारतबाट आयात हुने गरेको छ । विगतमा मानिसहरू धेरै मोबाइल, ट्याब लगायतका सामाजिक सञ्चालमा व्यस्त हुने भएकाले चङ्गाको मोह घट्दै गएको छ ।

भन्सार विभागका तथ्यांक अनुसार चालू आर्थिक वर्षमा करोडको हाराहारीमा चङ्गा आयात हुने गरेको छ । नेपालमा दशैँका लागि मात्र विगतका समयमा २ करोड बढिको रकमको चङ्गा आएको हुने गरेको छ ।

चङ्गा खेलौनाहरू अन्तर्गत आयात हुने गरेको छ । खेलौना अन्तर्गत यो चालू आर्थिक वर्षको २ महिनामा ७ करोड ७ लाख रुपैयाँ बराबरको आयात भएको छ । गत वर्ष सोही अवधिमा १५ करोड ४८ लाख रुपैयाँ बराबरका सामग्री आयात भएका थिए ।

गत वर्ष कुल ५६ करोड १५ लाख रुपैयाँ बराबरका सामग्रीहरू आयात भएका थिए । यसै सामग्री अन्तर्गत २० प्रतिशत सामान दशैँका लागि भनेर चङ्गा, लट्टाई, धागो आयात हुने गरेका छन् ।

चङ्गा उडाउने लट्टार्ई नेपालमै बन्ने गर्छन । केही भारतबाट पनि आयात हुने गरेका छन् । नेपाली लट्टार्ई ३०० रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पर्छ । नेपालमा घरेलु उद्योगहरूबाट लट्टाई बन्ने गरेको छ । चङ्गा धेरै उडाउनेले नेपाली लट्टार्ई नै रोज्ने गरेका छन् । भारतीय लट्टार्ई बच्चाहरूले प्रयोग गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here