आजबाट देशैभर मनसुन सक्रिय, कुन कुन स्थानमा बढी जोखिम ?

आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।

घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय

सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ ।

प्राकृतिक विपद्मा परेका ७१३ जनाको भयो हेलिउद्धार

विपद्का घटनामा सुरक्षाकर्मीहरुले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजार भन्दा बढीको सकुशल उद्धार गरेको छ । सोमबार बेलुकीसम्म विपद्मा परी २०९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्का कारण अवरुद्ध राजमार्गहरु तीव्र रुपमा सुचारु भइरहेको छ भने कतिपय बढी प्रभावित राजमार्गमामा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ ।

काठमाडौं–फर्पिङ–हेटौंडा सडक तीन दिनका लागि बन्द

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ।

एक वर्षमा करीव १७ अर्बको विद्युत निर्यात, बन्यो खुद निर्यातकर्ता मुलुक

नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यस आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता बनन सफल भएको प्राधिकरणले जनाएको छ ।

कस्तो बन्यो श्रम आप्रवासन नीति ?

रोजगारदाता र श्रम आप्रवासनसम्बन्धी सेवा प्रदान गर्ने व्यवसायीका लागि पुरस्कार र दण्डसहितको मापदण्ड बनाई प्रभावकारी अनुगमन संयन्त्र निर्माण गरिने मस्यौदामा समेटिएको छ । श्रमिकको खर्च रोजगारदाताले बेहोर्ने प्रणालीलाई श्रम गन्तव्य देशसँग गरिने द्विपक्षीय श्रम सम्झौतामा उल्लेख गरिने, श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, न्यायोचित बनाउन वैदेशिक रोजगार व्यवसायीलाई जवाफदेही बनाउने विषय उल्लेख छ ।

इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास

वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ । यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन् ।

राजस्वको लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१–८२ को राजस्व संकलन लक्ष्य पूरा हुने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । गत आव २०८०–८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलन लक्ष्य पूरा गर्नुको विकल्प नरहेको बताए ।

पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे ।