लकडाउन अघि नै उद्योगको क्षमता उपयोग २० प्रतिशत कम, लकडाउन पछिको हालत के होला ?

काठमाडौं ७, असोज । गत आर्थिक वर्षको ६ महिनामा उद्योगको क्षमता उपयोग करिब २० प्रतिशत बिन्दुले घटेको छ । सरकारले गत चैत ११ देखि लकडाउन सुरु गरेको हो । यसकारण लकडाउन सुरु हुनुअघिकै नै उद्योगहरुको क्षमता उपयोग घटेको हो । लकडाउनले औद्योगिक क्षेत्र झन धेरै प्रभावित भएको छ । सोहीकारण बाँकी अवधिमा पनि उद्योगको क्षमता उपयोग झनै घट्ने विज्ञहरूको अनुमान छ ।

गत आर्थिक वर्षको ६ महिनामा मुलुकका प्रमुख उद्योगको क्षमता उपयोग ४० प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ती उद्योगको क्षमता उपयोग ६० प्रतिशत थियो । सो अवधिमा मदिरा उद्योगले सबैभन्दा बढी ९२.१ प्रतिशत र रबरजन्य उद्योगले सबैभन्दा कम ४.९७ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

अध्ययनले समेटेका उद्योगमध्ये तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, चकलेट, चाउचाउ, मदिरा, सिन्थेटिक कपडा, जुटका सामान, रङ, औषधि, सिमेन्ट, घरेलु धातुका सामान, संरचनागत धातुका सामान र बिजुलीका तारको उत्पादन बढेको छ ।

वनस्पति घिउ, प्रशोधित दूध, पशुदाना, बिस्कुट, प्रशोधित चिया, बियर, हल्का पेयपदार्थ, चुरोट, धागो, गार्मेन्ट, प्रशोधित छाला, कागज, साबुन, प्लास्टिकका सामान, इँटा, कंक्रिट, फलामका छड तथा पाता, जीआई तार, जीआई पाइप, आल्मुनियम, टायर तथा ट्युबको उत्पादन घटेको छ ।

‘विद्युत् आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएसँगै खानीजन्य उत्पादनमा समेत वृद्धि भएकाले औद्योगिक क्षेत्रको उत्पादन बढेको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रीय तथ्यांक विभाग (सीबीएस) ले पनि गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.७७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सीबीएसले हालै जारी गरेको तेस्रो त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा अघिल्लो आवको तुलनामा गत आवमा ०.८ प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ ।

यसले पनि गत आर्थिक वर्षमा उद्योगको क्षमता उपयोगमा धेरै कमी आउने विज्ञहरुले बताएका छन् ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदनले लकडाउनमा ६१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द रहेको देखाएको थियो  । बाँकी ३९ प्रतिशत उद्योगमध्ये ४ प्रतिशत पूर्ण र ३५ प्रतिशत आंशिक रूपमा चलेकोले अध्ययनले देखाएको छ ।

सो अवधिमा पूर्ण रूपमा बन्द हुने उद्योगमा शिक्षा, होटल तथा रेस्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप, यातायात तथा भण्डारण क्षेत्रका प्रायः उद्योग व्यवसाय छन् । लकडाउन अवधिमा कृषि, वन तथा मत्स्यपालन, सञ्चार र स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रका धेरै उद्योग व्यवसाय भने पूर्ण रूपमा सञ्चालन भएको देखिएको छ ।

स्वास्थ्य तथा सामाजिक कार्य, खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, विद्युत् ग्यास तथा पानी, कृषि वन तथा मत्स्यपालन क्षेत्रका आधाभन्दा बढी उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालन भएको अध्ययनले

राष्ट्र बैंककै एक अध्ययनले कोभिड–१९ का कारण प्रचलित मूल्यमा मुलुकको खुद गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ खर्ब ६८ अर्ब रुपैयाँ नोक्सानी भएको देखाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here