सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ।
खानी तथा भूगर्भ विभागले आन्तरिक रूपमा गर्ने अध्ययन उद्योगीको जानकारीमा आउने विषय होइन - मापदण्डअनुसार काम गर्दै आएका उद्योगीलाई आरोपित गर्नु ठिक नभएको व्यवसायीहरुको भनाई छ ।
स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।
अध्ययन अनुसार नेपालमा एफडीआइको धेरै परियोजना संचालन गर्ने देशमा भारत रहेको छ । विश्वको महाशक्ति राष्ट्र अमेरिका चीनलाई उछिन्दै नेपालमा छिमेकी देश भारत भारतको ५६ अर्ब रुपैयाँ लगानी रहेको छ।
समीक्षा अवधिमा कम्पनीको कम्पनीको कुल आम्दानी ५४४.३९ प्रतिशत बढेको छ । गत वर्ष पुससम्म कुल ३ करोड २९ लाख कमाएको कम्पनीले चालु वर्षको सोही अवधिमा २१ करोड २० लाख रुपैयाँ...
अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ।
तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ ।
मन्त्री चौधरीको प्रत्यक्ष निर्देशनमा ठेकेदार कम्पनीबाट बाढीले मेलम्ची बजारदेखि हेडबक्स रहेको अम्बाथानसम्मको सडक क्षतिग्रस्त हुँदा आयोजनास्थलसम्म पुग्ने अवस्था नरहेकामा शुक्रबारदेखि डोजर र स्काभेटरले पहँच मार्ग निर्माण गर्न सुरु गरिसकेका छन्।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् ।
उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई ट्रेडमार्क भन्ने गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.