काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत् सेवा प्रभावित हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ ।

इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ ।

प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज

प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्।

मध्य भोटेकोशी हाइड्रोपावरको नोक्सानी १ करोड ८५ लाख

चालु आवको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी बढेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीको नोक्सानी ७२ लाख रुपैयाँ मात्रै थियो ।

काबेली बी १ बाट ८ महिनापछि पुनः विद्युत् उत्पादन सुरू

काबेली बी–१ जलविद्युत आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । अरुण काबेली पावरले सञ्चालन गरिरहेको २५ मेगावाटको उक्त आयोजनाबाट ८ महिनापछि आजदेखि फेरि बिजुली उत्पादन सुरु भएको हो ।

प्राधिकरणले भन्यो-‘भूमिगत बिजुलीसम्पन्न स्थानका पोलका सबै उपकरण ६ महिनाभित्र हटाउनू’

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ ।

सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्।

काठमाडौं र भक्तपुरका यी स्थानमा मंसिर १ गतेसम्म साँझको समयमा बत्ती...

नेपाल विद्युत् प्राधिकरणले विहीवारदेखि मंसिर १ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

सौर्य ऊर्जा आयोजनासँग गरिने पीपीए सीमा बढ्यो, बढेको क्षमताको विद्युत् किन्ने

जलविद्युत आयोजना निर्माण गर्न समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, निगमले नबढाउने

भारतबाट पेट्रोलियम पद्धार्थको भाउ बढेर आएको नेपाल आयल निगमले जनाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको हो ।