कोभिड १९ को कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको भन्दै नेपालका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
कीर्तिपुरस्थित थिएटर मलले लकडाउनसँगै शुरु गरेको ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को अवधि एक साता बढाएको छ । उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भए पनि ‘लकडाउन’को अवधि बढेसँगै उत्सव अवधि पनि अर्को सातासम्म लम्बिने भएको हो ।