सरकारले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेसँगै साना तथा घरेलु उद्योग फष्टाउँदै गएको छ । नेपालमा रहेका चार लाख १८ हजार साना तथा घरेलु उद्योगमा चार खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ लगानी रहेको नेपाल घरेलु तथा साना उद्योग महासघंले जनाएको छ ।