आइतबारबाट प्रारम्भिक कारोबार समय बिहान १० बजेर ३० मिनेटदेखि ११ बजेसम्म हुनेछ । त्यस्तै बोलकबोल र निरन्तर कारोबार समय ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार समय ४ बजेदेखि ४ बजेर ५ मिनेटसम्म कायम हुनेछ ।
सीडीएस एन्ड क्लियरिङले सूचनामा भौतिक निर्देशन पुर्जी जारी गर्ने लगानीकर्ताले भने कारोबार भएको दिनमा नै बिक्रीकर्तालाई आफूले बिक्री गरेको सेयरको लागत भारित औषत उपलब्ध गराउनु पर्ने उल्लेख छ ।