Tag: वैदेशिक व्यापार

वैदेशिक व्यापार: निर्यात १०४ प्रतिशत वृद्धि, चिया,अलैंची,जस्तापाता लगायतको माग घट्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

निर्यात ४४ प्रतिशतले वृद्धि, दाल, जस्तापाता लगायतको माग घट्यो

कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई रु.१४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ ।

वैदेशिक व्यापार: भारतसँग ३ खर्ब १७ अर्बको व्यापार घाटा

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतबाट ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँको सामान आयात भएकोमा जम्मा ३२ अर्ब ५६ करोड रुपैयाँको सामान निर्यात भएको छ । भारतसँगको व्यापार घाटा ३ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।