Tag: हफ अन हफ अफ बस

आजबाट काठमाडौंमा हफ अन हफ अफ बस चल्ने, सम्पदा घुम्ने

नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी सम्पदा घुम्ती बस सेवा सञ्चालन हुने भएको छ । ‘हफ अन हफ अफ बस’ मंगलबारदेखि परीक्षणका रुपमा चल्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन् ।