यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा सार्वजनिक गरेको हो।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले विज्ञप्ति जारी गरि परीक्षा नसरेको र हल्लाकाे पछि नलाग्न भनेकाे हो ।