पर्यटकलाई खुवाउने खानाको सूचीमा ३३ परिकार, ५ डेजर्ट

सिस्नो, ज्वानोको झोल देखि, जोगी भातसम्म

काठमाडौं, १४ पुस । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारले घोषणा गरेको दिन आउन अब दुईदिन बाँकी छ ।

सरकारले भ्रमण वर्ष लक्षित प्रचार-प्रचार गरिरहेको छ । त्यसमा पनि नेपाल घुम्न आउने पर्यटकलाई हुने आथित्थ्यता र खाना परिकार के हुन्छन् भन्ने आम चासोको विषय पनि बनेको छ ।

नेपाली स्थानीय रैथाने खानाको परिकारको स्वाद नेपाल घुम्न आउने विदेशी पर्यटकले लिन पाएका छैनन् ।

यसको स्वाद मेटाउने उदेश्यको साथ सरकारले भ्रमण वर्षमा नेपाली खानाको प्रर्बद्धन गर्न ३३ वटा विभिन्न खानाहरुको सूची (मेनु) तयार पारेको छ । मेनुमा हिमाल, पहाड र तराईका विभिन्न लोकपरिकारहरु समावेश गरिएका छन् ।

नेपालमा भूगोल अनुसार पनि खानाका परिकार भिन्न भिन्न हुन्छन्। काठमाडौं उपत्यकामा मुख्य गरी खानाका ४ मेन्यु उपलब्ध छन्। यसमा नेवारी, दरबारी, बाहुन र काठमाडौंकै ग्रामीण क्षेत्रका फरक–फरक परिकार पर्छन्।

मध्यपहाडमा सिस्नुको सुप, तराई मधेशमा तरुवा (चामलको पीठोमा चोपलेर तारेको मिश्रित तरकारी) , दाङ, कैलाली, कञ्चनपुरमा ढिकरी, गुल्मीमा एकपाक मासु, चुकाउने र ढकनी लोकप्रिय छन्।

उपत्यकामा छोयला, योमरी लोकप्रिय रहेका छन् । पहाडी इलाकामा डेजर्ट भनेको दहीमा चोबेको लालमोहन वा जोरी रहने गरेको छ । ‘तराईमा डेजर्टका थुप्रै परिकार छन्।

डेर्जटमा नेवारी संस्कृतिको योमरी अटाएको छ भने पहाडी संस्कृति झल्काउने खिर पनि छ । सरकारले यी सबै खानेकुरा प्रर्बद्धन गर्नका लागि प्रत्येक होटल र होमस्टेमा राख्न निर्देशन दिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here