Tag: #russia #nepal

रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन पहल गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन्नु । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीसँग शुक्रबार (पौष १९, २०८१) भएको विशेष भेटमा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता जनाएका छन् । ‘यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौ, उनले भने ।ʼ