लक्ष्मी पूजाका दिनको उच्च माग १६ सय २ मेगावाट, भारतमा पनि...

यस वर्ष तिहारको लक्ष्मीपूजामा देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड भएको छ ।

मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगड निर्बिरोध

नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगडले निरन्तरता पाएका छन् । गएको आईतबार बसेको संघका २३ औं बार्षिक साधारण सभाले उनलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको हो ।

सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन

धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

स्टार्टअपको योजनामा हुनुहुन्छ ? सरकारले दिने कर्जामा आवेदन खुल्यो

स्टार्टअप उद्यमीलाई लक्षित गरी सरकारले कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो ।

१० निर्माण कम्पनी कालोसूचीमा

गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको हो। यसैगरी सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा संखुवासभा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा कालोसूचीमा परेको हो ।

सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्दै रिलायन्स

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबार (मंसिर २२) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ। चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो। दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए।

एक वर्षमा करीव १७ अर्बको विद्युत निर्यात, बन्यो खुद निर्यातकर्ता मुलुक

नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यस आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता बनन सफल भएको प्राधिकरणले जनाएको छ ।

वीरगन्ज सुख्खा बन्दरगाहमा खाली कन्टेनरको झमेला, हटाउन पहल

कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइन...

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरू गरेका छन्।